|
फोटो : सांसद रावलको फेसबुक पेजबाट

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टीका सांसद झपटबहादुर रावलले पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिमा रोक लगाउन माग गरेका छन्।

संघीय संसद प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद रावलले पूर्वराजा विभिन्न ठाउँमा गएर राजतन्त्र फर्काउने गतिविधिमा लागेको आरोप लगाउँदै त्यस्ता गतिविधिमा रोक लगाउन सभामुखमार्फत सरकारसँग माग गरेका हुन्। शाह धर्म प्रचारमा लागेको र सोही आवरणमा राजतन्त्र फर्काउने गतिविधि पनि गरिरहेको रावलको भनाइ थियो।

पूर्वराजाले पनि संविधानभित्र बस्नुपर्ने भन्दै सांसद रावलले त्यसो नदेखिएकाले सरकारलाई त्यस्ता गतिविधिमा नियन्त्रण गर्न संसदले सरकारलाई निर्देशन दिनुपर्ने माग गरेका थिए।

पूर्वराजा ज्ञानेन्द्र शाह हाल कास्की जिल्लाको पोखरामा रहकेा छन्। उनी त्यहाँ धार्मिक र पारिवारिक कार्यक्रममा सहभागी हुने बताइएको छ। उनी त्यहाँ १६ दिन बस्ने कार्यक्रम रहेको बताएको छ। शाह बेलाबेला देशका विभिन्न भागमा रहेका मन्दिरमा पूजाआजाका लागि जाने गरेका छन्। 

थप समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.