|

जनकपुरधाम : धनुषामा राष्ट्रिय जनता पार्टी नेपालकै कार्यकर्ताले राजेन्द्र महतोको पुत्ला दहन गरेको छ। राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजेन्द्र महतोले बिनाकारण धनुषा पार्टीका अध्यक्ष मण्डलका एक सदस्यलाई पदबाट हटाएकोमा विरोध जनाउँदै पुतला दहन गरेको हो।

राष्ट्रिय जनता पार्टी नेपाल धनुषाका अध्यक्ष मण्डलका सदस्य देवकृष्ण मण्डलको स्थानमा विद्यार्थी नेता ज्ञानेन्द्र झा (ज्ञानु)लाई मनोनित गरिएको विरोधमा पुतला दहन गरेको जनाएको छ। धनुषा जनकपुरधामस्थित जनक चोकमा राजपाकै नेता तथा कार्यकर्ताले साँझ ६ः३० बजे महतोको विरोध गर्दै पुतला दहन गरेका हुन्।

तत्कालीन अध्यक्ष मण्डलका संयोजक मण्डलले बिनाकारण आफूलाई हटाएपछि विरोध जनाउँदै पुतला दहन गर्न बाध्य भएको प्रतिक्रिया दिए। उनले भने, ‘लामो समयदेखि संघर्ष गर्दै आइरहेको छु, मधेशी जनताको निमित्त आफ्नो सम्पूर्ण त्याग र तपस्या लगाएको छु। तर त्यसको बदलामा मलाई नै पार्टीको जिम्मेवारीबाट हटाउनु घोर निन्दनीय छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.