|

पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिकामा अहिले कोदो महोत्सव चलिरहेको छ। गाउँपालिकाको सहयोगमा स्थानीय भदौरे आमा समूह र भदौरे युवा क्लबले पहिलो पटक कोदो महोत्सव आयोजना गरेका हुन्।

गाउँलाई पर्यटनसँग जोड्न र गाउँको छुट्टै पहिचान बनाउन महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले बताए। महोत्सवमा कोदोबाट बनेको २० भन्दा धेरै परिकार प्रदर्शनीमा राखिएको छ। कोदोको परिकार बनाउन महिलाहरुले तालिम लिएका हुन्। कोदोको परिकार बनाउन सिक्न चाहनेलाई महोत्सव स्थलमै सिकाउने व्यवस्था समेत रहेको आयोजकले जनाएको छ।

महोत्सवमा कोदोको सेलरोटी, सुख्खारोटी, मःम, खोले, दाम्ले मिठाइ, चक्लेट, ढिँडो, जेरी, पुरी, निमकिन, पकौडा, गिलो, तोङ्वा, पानकेकलगायतका परिकार राखिएको छ।

भदौरेमा कोदो उत्पादन धेरै राम्रो हुने क्षेत्र हो। आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमा कोदोकै माध्यमबाट भित्र्याउने कोदो महोत्सव गरिएको स्थानीयको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.