|

काठमाडाैं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर मनाइने पर्व ल्होसार हो। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएकाे गुरुङ समुदायको विश्वास छ। यसर्थ ल्होसारलाई नयाँ वर्षको रुपमा लिन सकिन्छ।

तमु समुदायले सम्पूर्ण समय अर्थात् ल्होलाई १२ वटा भाग गरी जनावर या चराको आधारमा बाँढेका छन्। यस वर्ष भने (फो-ल्हो) मृग शुभ वर्षले तमु संस्कारमा आफ्नो प्रभाव राख्नेछ। यो वर्षभरि जन्मनेहरू अब (फो-ल्हो) अर्थात् मृग वर्गको रहने छ। ल्होसार मान्ने जातिहरूमा वर्षको भूमिका वर्गले खेल्ने गर्छन्। 

ल्होसार गुरुङ, तामाङ, शेर्पा र हिमाली आदिवासीहरूको मौलिक पर्व हो। ल्होसार तीन किसिमका हुन्छन्। तमू ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्होसार। तमू ल्होसार गुरुङ जातिले प्रत्येक वर्ष पुस १५ का दिन मनाउने गर्छन् भने सोनाम ल्होसार तामाङ समुदाय र ग्याल्वो ल्होसार हिमाली जनजातिहरूले आआफ्नो तिथिमितिअनुसार मनाउँछन्। समग्रमा ल्होसारको अर्थ भने एउटै छ।

ल्होसारका अवसरमा काठमाडाैंकाे बसन्तपुरबाट आइतबार गुरुङ समुदायले सांकृतिक र्‍यालीसहित टुँडिखेलकाे कार्यक्रममा सहभागिता जनाएका थिए।

फोटोमा र्‍यालीको केही क्षण

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.