साहित्य

पराक्रम बालप्रतिभा पुरस्कार दर्शनलाई, जो नाकले टाइप गर्छन् कविता
SHARES

पुस १५, २०७५

    काठमाडौं : ‘पराक्रम बालप्रतिभा पुरस्कार, २०७५’ बालकवि दर्शन केसीलाई प्रदान गरिएको छ। पुरस्कारको स्थापना साहित्यकार महेश पौड्यालले आफ्ना दिवंगत छोरा पराक्रम पौड्यालको स्मृतिमा स्थापना गरेका हुन्।

    पराक्रमको जन्मदिनको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त पुरस्कार वरिष्ठ कवि गोपाल पराजुलीले कवि केसीलाई प्रदान गरेका हुन्। पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ।

    पुरस्कार प्राप्त गरेका कवि केसी जन्मेदेखि नै आंशिक मस्तिष्क पक्षघात भएका कारण बोल्न र हिँड्डुल गर्न सक्दैनन्। उनले नाकले कम्प्युटरमा टाइप गरेर नेपाली र अंग्रेजी भाषामा कविता लेख्छन्।

    कविको केसीको अवस्था देखेर उनकी आमाले आमाले २०६३ मा आत्महत्या गरेकी थिइन्। कवि केसीलाई उनका बुबाले स्याहार गरिरहेका छन्। पुरस्कारले दर्शनलाई ठूलो प्रोत्साहन भएको उनका बुबा निरज केसीले बताए। दर्शनले थुप्रै कविता र आफ्नो संघर्ष कथा कम्प्युटरमा लेखेर राखेको र प्रकाशन सहयोगको प्रतीक्षामा रहेको पनि उनले जानकारी गराए।

    कवि पराजुलीले पराक्रम बालप्रतिभा पुरस्कार उचित पात्रलाई दिइएको भन्दै दर्शनको उत्तरोत्तर प्रगतिको कामना गरे। पुरस्कार कोषकी संरक्षक रमा अधिकारीले आफूले दर्शनलाई यसपछि पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]