|

काठमाडौं : काठमाडौं प्रवासी नेपाली मञ्च अमेरिकाको सहयोगमा सर्लाहीको दलित बस्तीमा न्यानो कपडा वितरण गरिएको छ। 

मञ्चले उपलब्ध गराएको दुई लाख ५० हजार रुपैयाँबराबरको न्यानो कपडा तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी केन्द्रीय सचिव आरती लामाले मुसहर बस्तीमा वितरण गरिन्।

प्रदेश २ को इन्चार्ज रहेकी लामाको संयोजकत्वमा सर्लाही जिल्ला चक्रघट्टा गाउँपालिकास्थित पटेर्वामा रहेको मुसर बस्ती, द्वन्द्वपीडित बालगृह हरिवन र लालबन्दी नगरपालिकाको पत्थरकोटमा रहेको दलित बस्ती लगायतका स्थानमा ब्ल्याङ्केटलगायत सामग्री वितरण गरेकी हुन्। 

यस्तै एकसय भन्दा बढी घरपरिवारका बालबालिकालाई टोपी, मोजा, ट्राउजर, स्वेटर, ट्र्याकसुट वितरण गरिएको थियो। 

 

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.