|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मी शाहले १३२ जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेकी छन्। उनले नगरपालिकाबाट पाउने तलबभत्ताको रकमबाट कम्बल खरिद गरी वितरण गरेकी हुन्।

७० वर्षमाथिका  विपन्न, दलित र आदिवासी जनजाति समुदायका ज्येष्ठ नागरिलाई कम्बल वितरण गरिएको शाहले बताइन्। उनले भनिन्, ‘आर्थिक अभावले न्यानो कपडाको अभावमा चिसो खेप्दै आएका ज्येष्ठ नागरिकलाई प्राथकितामा राखेर कम्बल वितरण गरेकी हुँ।’

कम्बल पाएपछि ८० वर्षीया कमलादेवी भट्टले आफूहरुलाई गुन लगाएको बताइन्। ‘ओढ्ने कपडा पुरानो हुँदा निकै चिसो भएको थियो,’ उनले भनिन्, ‘कम्बल दिएर गुन लगाइन्।’

शाहले ज्येष्ठ नागरिकसँगै झलारीस्थित स्वास्थ्य चौकीमा रहेको प्रसूतिगृहका लागि छ वटा, शिव मन्दिरमा बस्दै आएका साधुलाई पाँच वटा र रामजानकी मन्दिका लागि सात वटा कम्बल समेत उपलब्ध गराएकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.