|

उदयपुर : उदयपुरको चुरे वन क्षेत्रमा चोरी तस्कारी बढ्दै गएको छ। सम्बन्धित निकायको निरानी कम भएसँगै सुख्खा मौसमा रातीको समयमा चुरे वन क्षेत्रमा काठ तस्करी बढ्दै गएको हो।

चुरे क्षेत्रमा बसोबास गर्नेहरूका अनुसार रातीको समयमा तस्कार आएर काठ काठी लानेक्रम बढ्दै गएको छ। चुरे वन क्षेत्रमा सामुदायिक वन समूहले पनि चोरी तस्कारी नियन्त्रण गर्न सकिने अवस्थामा पुगेको काभ्रे कपिलेश्वर बाबा सामुदायिक वन उपभोक्ता समितिका सचिव पूर्णबहादुर मगरले बताए। ‘हामी उदयपुरका बासिन्दा हौं,’ उनले भने, ‘सिराहा जिल्ला वनमा उदयपुरकै वन दर्ता भएको छ। उतैबाट समूह बनाएर आउने तस्कारले उदयपुरका वन पनि सखाव बनाउन थालेका छन्।’

पछिल्लो समय चुरे वन क्षेत्रका सामुदायिक र राष्ट्रिय वनबाट काठ तस्कारी बढेको चुरे आसपास बस्नेहरुको भनाई छ। सप्तारीको सिशवारीक अर्चना कार्कीले दैनिक रातीको समयमा सप्तरीबाट उदयपुरका वन क्षेत्रमा तस्कारी हुने गरेका बताइन्। ‘हामी चाँही जाने गरेका छैनौं,’ उनले भनिन्, ‘उदयपुरको जिल्लामा पर्ने चुरे वनबाट काठ ल्याएर लाहान बजार क्षेत्रमा बिक्री गर्नेहरू धेरै छन्।’

उदयपुरको सीमा क्षेत्रमा पर्ने सिरहा र सप्तरी क्षेत्रमा जाडोको सिजन सुरु भएसँगै दाउराको माग बढ्दो छ। त्यही दाउरा लिने आउने क्रममा दिउँसो सालका रुखको पहिचान गरी राती आएर लैजाने गरेको सिरहा र उदयपुरको सिमानामा पर्ने उदयपुरगढी गाउँपालिका ६ बर्दमारका स्थानीय रोहबहादुर तामाङले बताए। ‘हामी त, सिरहा र उदयपुरको सीमा क्षेत्रमा छौं,’ उनले भने, ‘सिरहाबाट ट्रकमै आएर काठ तस्कारी हुन्छ। कसैलेले पनि निगरानी गरेको छैन।’

उदयपुर र सिरहाको सिमा क्षेत्रमा प्रहरी तथा वन कार्यलयका कुनै पनि अधिकारी अड्डा नहुँदा तस्करी दिनप्रतिदिन बढ्दै गएको छ। सप्तरी र सिरहाको सिमावर्ती क्षेत्रमा पर्ने उदयपुरका चुरे वनसँग नजिक रहने कुनै पनि डिभिजन वनका आधिकारी कार्यालय छैन। जसको कारण चोरी तस्करी बढेको सर्वसाधारणको भनाई छ।

गाइघाट डिभिजन वन कार्यालय बोक्सेका सहायक वन अधिकृत लालबाबु यादवले १०० भन्दा बढी सामुदायिक वन र राष्ट्रिय वन क्षेत्र चुरेमा पर्ने बताए। ‘चुरे वनमा सिरहा र सप्तरीमा दर्ता भएका वन छन्’ उनले भने, ‘कति वन उदयपुरका उपभोक्ता छन्। सिरहामा दर्ता भएका छन्।'

चोरी तस्करीको लागि चुरे क्षेत्रमा अति जोखिम भएको समेत गुनासो गरे। यता गाइघाट डिभिजन वन कार्यालय बोक्सेका प्रमुख वन अधिकृत विष्णुप्रसाद आचार्यले गाइघाट डिभिजन वन कार्यलयमा वन रक्षककै दरबन्दी कमी भएकाले चोरी तस्कारी नियन्त्रण गर्न चुनौती थपिएको बताए। ‘गाइघाट डिभिजन वन कार्यालयको क्षेत्र भनेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ मा पर्ने सवै भुगोल पर्दछन्,’ उनले भने, ‘हामीसँग २३ जना वन रक्षक दरबन्दी हो। तर २० जना मात्र छौं। यस क्षेत्रलाई आवश्यक पर्ने वन रक्षक अझै पुगेको छैन।’ उनले आफ्नाे डिभिजन क्षेत्रभित्र नियमित गस्ती गरिरहेको भन्दै, ‘चोरी तस्कारी नियन्त्रणमा आवश्यक जनशक्ति नभएको गुनासो गरेका छन्। यता उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को भुगोलमा हेर्ने त्रिवेणी डिभिजन वन कार्यालय छ।'  

सोही डिभिजन प्रमुख दानबहादुर श्रेष्ठले पनि दरबन्दी ११० जनाको भए पनि हालसम्मम वनसँग जोडिएका सवै प्रकारका जनशक्ति ४९ जना मात्र रहेको जानकारी दिए। ‘दशैँ तिहारमा एक पटक चोरी तस्कारी बढेको थियो,’ उनले भने, ‘अहिले पूर्ण रुपले चुरेकाे तस्कारी रोक्न सकेका छैनौं। तर पनि गुनासो आएको ठाउँमा वनका मान्छे तत्काल नै पठाउने गरी टिम बनाएका छौं। कर्मचारीनै अभाव छ। अधिकृत र वन रक्षकै अभव छ।’

चुरे क्षेत्रमा हुने वैन पैदावर तस्कारी रोक्न वन र प्रहरीचौकी चुरे आसपासमा क्षेत्रमा राख्नु पर्ने वेला आएको उदयपुरगढी गाउँपालिकाकी उपप्रमुख सानुमाय राउत बताउँछिन्। ‘चुरे क्षेत्रमा चोरी तस्कारी दिन प्रतिदिन बढ्दै गएको छ’ उनले भनिन्, ‘हामीले वनलाई हारगुहार माग्ने हो। वनमै कर्मचारी कमी छ। उहाँहरू गर्दैछौं। भन्नु हुन्छ। त्यसो भएर भएन। प्रहरी तथा वन रक्षकै टोली चुरेका डाँडामा राख्ने वेला आएको छ।’

उदयपुर र सिरहाको सीमा विवादित क्षेत्रमा वैन पैदावरको चोरी तस्कारी बढी हुने गरेको छ। नियन्त्रणको लागि उदयपुरमा वन रक्षक दरबन्दी संख्या थपेर चुरेका डाँडाकाँडामा समेत राख्नुपर्ने वेला आएको स्थानीय तहका जनप्रतिनिधिको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.