|

डडेल्धुरा : स्थानीय तहमा न्यायिक समिति गठनपछि डडेल्धुरा जिल्ला अदालतमा मुद्दाको संख्यामा कमी आएको छ। जिल्लाका स्थानीय तहमा न्यायिक समिति गठन भएसँगै अदालतमा पर्ने मुद्दाको संख्यामा कमी आएको हो।

समान्य घरझगडा, महिलामाथि हुने विभिन्न घरेलु हिंसा, खानेपानी लगायतका मुद्दा विगतमा जिल्ला अदालतमा पर्ने गरेका थिए। तर, अहिले यस्ता मुद्दा आउन छाडेको डडेल्धुरा जिल्ला अदालतका जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीले जानकारी दिए। जिल्ला अदालत डडेल्धुराका अनुसार चालु आर्थिक वर्षमा ४० मुद्दा दार्ता भएका छन्। सबैभन्दा बढी सम्बन्धविच्छेदका २३ मुद्दा दर्ता भएका छन्। जसमध्ये १४ मुद्दा फैसला भएको न्यायाधीश चन्द्रमणि ज्ञवालीले जानकारी दिए।

यस्तै, जबरजस्ती करणीसम्बन्धी ६, सवारी ज्यानसम्बन्धी ७, जग्गासम्बन्धी र अंशमुद्दा ३ फैसला भएका छन्। गत आर्थिक वर्षका बाँकी ४० मध्ये १८ मुद्दा फैसला भएका छन्। भदौ १ गतेबाट नयाँ मुलुकी ऐन लागू भएपछि पुरुषले पनि सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था नयाँ मुलुकी ऐनमा भए पनि डडेल्धुरामा पुरुषले मुद्दा दर्ता नगरेको अदालतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.