|

काठमाडौं : एएफसी सोलिड्यारिटी कप फुटबलको उपाधि विजेता नेपाली टोलीलाई सरकारले बिहीबार औपचारिक रुपमा सम्मान तथा बधाई ज्ञापन गर्ने भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो २ बजे बालुवाटारमा विशेष कार्यक्रम गरी खेलाडीहरुलाई सम्मान तथा बधाइ दिन लागेका हुन्। विजेता टोलीका प्रत्येक सदस्यलाई प्रोत्साहन स्वरुप ३ लाख रुपैयाँ दिने निर्णय सरकारले यसअघि नै गरिसकेको छ। 

नेपाली फुटबलमा नयाँ इतिहास रच्ने क्रममा नेपालले मलेसियामा सम्पन्न सोलिड्यारिटी कप फुटबलको फाइनलमा मकाउलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै उपाधि जितेको हो। बुधबार बेलुकी स्वदेश फर्किएको विजेता टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले गएराति नै नगर परिक्रमा गराएर भव्य स्वागत गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.