|

काठमाडौं : क्याप्टेन रामेश्वर थापाको संस्मरणत्मक कृति ‘बारुदमाथि उड्दा’ सार्वजनिक भएको छ। पुस्तक राष्ट्रिय मानवअधिकार आयोगकाअध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापाले संयुक्त रुपमा शनिबार विमोचन गरे।

पत्रकार राजाराम गौतमले सम्पादन गरेको उक्त पुस्तकमा पूर्व सेनापति रूकमांगत कटवाल, पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल र वरिष्ठ पत्रकार  विजयकुमार पाण्डेले टिप्पणी गरेका थिए। पूर्व सेनापति कटवालले क्याप्टेन थापा बहुआयामिक बौद्धिकता भएको व्यक्तिको रूपमा चित्रित गरे। पुस्तकमा लेखिएका अनुभूति आफ्नो जीवनसँग ठूलो अर्थ राख्ने समेत उनले धारणा व्यक्त गरे। दुनियाँमा असम्भव भन्ने केही छैन भन्ने कुराको ज्वलन्त क्याप्टेन थापा रहेको उनले बताए।  काभ्रे जिल्लाको एउटा सामान्य आर्थिक हैसियतमा जन्मेर थापाले गरेको जीवन संघर्षले नयाँ पुस्ताको लागि उत्प्रेरणाको स्रोत हुने पनि उनले दावी गरे।

बुक हिलले बजारमा ल्याएको पुस्तकमाथि पूर्व प्रहरी महानिरीक्षक खरेलले आफ्नो कार्यकालमा भएका घटनाहरू थापाले जस्ताको त्यस्तै लेखेकोले खुशी व्यक्त गरे। उनले कालीकोटमा माओवादी र प्रहरीको मुडभेडको सम्झना समेत गरे। युद्द हुँदा क्याप्टेन थापाले हेलिकाेप्टरको सहायताले प्रहरीको उद्दार गरेको र तत्कालन सेना टुलुटुलु हेरेको दुखेको व्यक्त गरे। थापा कर्तव्यनिष्ठ, बफादार,साहसिक योद्धाको रूपमा खरेलले प्रशंसा समेत गरेका थिए। उनले यस पुस्तक नेपालको इतिहासको बुझ्न सकिने सुन्दर दस्तावेज हुने समेत ठोकुवा गरे।

माओवादी ‘जनयुद्ध’ को समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीहरूको उद्धारमा खटिएका क्याप्टेन थापाले युद्धस्थलका ताजा घटना, छट्पटाइरहेका घाइतेका चित्कार तथा आगोको मुस्लो र बारुदको धुवाँले रङमगिएका बखतकाे उद्धारको वर्णन पुस्तकमा गरेका छन्। जीवन लम्वाइसँग नभइ पलसँग सम्बन्धित रहेको भन्दै  मंचमा दखा परेका पत्रकार पाण्डेले कुनै पनि पनि देशमा विद्रोह भइसकेपछि विद्रोही पक्षसँग डिल गर्ने नेपालको प्रहरी प्रशासन विश्व मै पहिलो रहेको बताए।मनुष्यको असली रूप मनुष्यता रहेको भन्दै तत्कालीन युद्धमा क्याप्टेन थापाले गरेको काम सह्रानीय रहेको पनि उनको भनाई थियो।

पुस्‍तकमा रामेछाप, सिन्धुली, रुकुम आक्रमणदेखि दैलेख  लगायत विभिन्न ४० भन्दा बढी स्थानका घटनाको तात्कालीन परिवेश र उद्धारको बारेमा लेखिएको छ। कार्यक्रममा युद्द ताका क्याप्टेन थापालाई सुरक्षा दिदा ज्यान गुमाएका प्रहरी हवल्दारद्वय रविन शाह र मेघराज पौडेलको सम्झना गरियो। यस्तै स्वर्गीय रविन शाहकी छोरीको पढाईको लागि भनेर शाहकी श्रीमतीलाई दुइलाख रूपैयाँ हस्तान्तरण समेत गरे।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष शर्माले संस्मरणमा लेखकले आफ्नो प्रेमप्रसंग नराखेको बताए। युवा अवस्थामा कसैले कविता लेखेन भने क्रान्तिको गीत गाएन भने, प्रेम गरेन भने त्यो युवा नहुने समेत बताए। नेपालको दशवर्षे जनयुद्दलाई नजिकबाट बुझ्न पनि आम नेपालीले यो पुस्ता पढ्नैपर्ने बताए।

यो पुस्तक केही समयमा अग्रेजी संस्करणमा समेत बजारमा आउनेछ। अनुवाद भने अरूण बुढाथोकीले गर्ने कार्यक्रममा जानकारी दिइयो। कार्यक्रममा पुस्तक विक्रीबाट लेखकले पाउने रोयल्टी नेपाल क्यान्सर केयर फाउण्डेसनलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.