|

पर्वत : म्याग्दी सदरमुकाम बेनी स्थित क्याम्पस चोककी हिना खड्का छन्त्याल पहिलो मिस म्याग्दी बनेकी छिन्। 

किङस्टार क्रिएसन प्रा.लि.को आयोजनामा बेनीमा सम्पन्न मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको फाईनलबाट १४ वर्षिया छन्त्यालले मिस म्याग्दीको विजेता बन्दै ताज पहिरिएकी हुन्। 

प्रतियोगितामा फष्ट रनर सोनीया पुन, सेकेण्ड रनर अप सुस्मीता बानियाँ, थर्ड रनर अप एस्पीला बानियाँ र फोर्थ रनर अप सपना रोका बनेकी छिन्। बिजेताहरुलाई विभिन्न २२ विधामा अवार्ड प्रदान गरिएको छ। फाइनलमा पुग्न सफल प्रतियोगिहरुलाई परिचय, क्रिएसन र अन्तरनिहित क्षमता प्रदर्शनसहित प्रश्नोत्तरबाट   विजेता छनोट गरिएको थियो। 

१४ देखि २९ वर्ष उमेर समूहका युवायुवतीले सहभागीता जनाउन पाउने नियम राखिएको प्रतियोगितामा सहभागीलाई तालिम मार्फत नेतृत्व र क्षमता विकास गराईएको थियो भने क्षमता, सुन्दरता र कला प्रदर्शनको आधारमा विजेता छनौट गरिएको हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.