|

बैतडी : भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु भएर शनिबार राति गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुस गरिएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतका अनुसार राति १० बजेर १ मिनेटमा ४ रिक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु दार्चुला सदरमुकामबाट दक्षिण पश्चिम २९ किलोमिटर टाढा रहेको प्रमुख बस्नेतले जानकारी दिए। 

भूकम्प धक्का महसुस गरिए पनि क्षति विवरण भने अहिलेसम्म कतैबाट नआएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.