|

काठमाडौंः बेलायती अभिनेत्री अमृता आचारिया नेपाल भ्रमण गरेर फर्किएकी छिन्। नेपाली मुलकी उनी चर्चित मुखि सिरिज गेम अफ थ्रोन्सकी अभिनेत्री हुन्। उनले गोदावरीमा रहेको कल्याणकारी संस्था छोराछोरीको अन्तरक्रियामा भाग लिएकी छिन्। उक्त संस्थामा भारतका विभिन्न ठाउँमा बेचबिखन गरिएका र त्यहाँबट उद्धार गरेर ल्याइएका बालबालिकाहरु रहेका छन्।

उनले नेपालमा रहेको बेलायतमा आधारित संस्थालाई सहयोग गरिरहेकी छिनु्। उनले आफू नेपाली नै भए पनि नेपालीमा बोल्न नसक्ने बताइन्। उनले आफ्ना आगामी यात्रामा नेपाली बोल्न सक्ने गरी अध्ययन गर्नेसमेत बताइन्। 

उनले काठमाडौंसहित पोखरा, घान्द्रुक, भैरहवा र बुटवलको यात्रा गरिन्। उनले आफूलाई नेपाल निकै राम्रो लाग्ने पनि बताइन्। उनी सात वर्षको उमेरमा आफ्ना परिवारसहित नेपाल छोडेकी थिइन्। 

उनले भूकम्प गएपछि पीडितहरुलाई सहयोग गर्नका लागि सहयोग संकलनसमेत गरेकी थिइन्। उनले आफूले नेपालसँगका स्मृतिहरु सम्झन नसकिरहेको बताइन्। तर उनले नेपालको आतिथ्यता देख्दा लामो समयपछि घर फर्किएको अनुभव भएकोसमेत सुनाइन्। 

उनी १६ वर्षपछि नेपाल आएकी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.