|
File Photo

पोखरा : गुण्डा नाइकेका रूपमा चिनिएका राजीव गुरुङ उर्फ दीपक मनाङेले तत्काललाई गण्डकी प्रदेशसभा सदस्यको हैसियतले पद तथा गोपनीयताको शपथ ग्रहण गर्न नपाउने भएका छन्। आइतबार सभामुख नेत्रनाथ अधिकारीले डाकेको सांसद परामर्श समितिको बैठकमा कानुनी विषयहरू नटुंग्याई शपथ गराउन नहुने सुझाब आएपछि तत्काललाई उनको शपथ ग्रहण नहुने भएको हो।

‘तत्काललाई राजीवजीको शपथ ग्रहण गर्न कानुनी कुराहरूले समस्या देखिएकोले सभामुखज्यूलाई त्यहि सुझाब दियौँ,’ समितिका संयोजक मायानाथ अधिकारीले भने, ‘उहाँले अहिले भएको कानुनी पाटोहरु सुल्झाएर आए पाइहाल्नु हुन्छ।’

मनाङ 'ख' बाट निर्वाचित भएका मनाङेले शपथ खान नपाई ज्यान मुद्दामा दोषी ठहरिएर जेल चलान भएका थिए। मनाङेले गत पुस ११ गते सांसद पद तथा गोपनीयता शपथ लिन पाऊ भनी प्रदेशसभा पुगेर निवेदन दर्ता गरेका थिए।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.