|

पोखरा : अहिले नेपाली लोकदोहोरी बजारकी हिट गायिका हुन् विष्णु माझी। उनै गायिकाको स्वर नसुन्ने कमै नेपाली छन्। 

सालको पात टपरी हुनी हे बरै, नहुनी सल्लैको, तिम्रो माया कति छ कति हे बरै, नलाउ पछि हल्लैको। बोलको गीत नेपाली लोक दोहोरी इतिहासमै सर्वाधिक चर्चा बटुलेको गीत हो। सोही गीतमा स्वर भरेकी गायिका भने गुमनाम छन्।

केही दिनअघि उनै विष्णु माझीका बाबु आमाले आफ्नी छोरी नदेखेको वर्षाैं भएको बारे संचार माध्यममा समाचार आएसँगै उनको खोजी सुरु भएको थियो। स्याङ्जाका प्रमुख जिल्ला अधिकारीले उनको खोजी तत्काल प्रशासनले गर्नेसमेत बताएका थिए। उनै प्रमुख जिल्ला अधिकारी कोषराज निरौलाको आग्रहमा आइतबार दिउँसो विष्णु माझी, उनका श्रीमान् सुन्दरमणि अधिकारी, माझीका बाबुआमा एकै साथ जिल्ला प्रशासन कार्यालय स्याङ्जा गए। ‘विष्णु माझी, उहाँका श्रीमान् र विष्णु माझीका बाबु आमासँगै प्रशासन कार्यालयमा आउनु भएको थियो’, प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘उहाँहरूसँग हामीले करिब एक घण्टा लामो कुराकानी गर्‍यौँ। उनले हामीले दिएको चासोबारे धारणा राख्नु भयो।’

प्रजिअ निरौलाका अनुसार विष्णु माझीले आफू अहिलेकै अवस्थामा खुसी रहेको बताइन्। ‘म अहिले जस्तो अवस्थामा छु खुसी छु। हाम्रो परिवार खुसी छ,’ विष्णु माझीलाई उदृत गर्दै प्रजिअले भने, ‘यो मेरो व्यक्तिगत मामिला हो कसैले चासो नदिएकै राम्रो।’ त्यस्तै गीत गाउन एक्लै स्टुडियो छिर्ने र गाउँदा स्टुडियोको पर्दा लगाएर मात्र गाउने माझी आइतबार जिल्ला प्रशासन कार्यालय कुराकानी गर्दा भने अनुहार खुल्ला गरेरै बोलेको प्रजिअले थाहा खबरलाई जानकारी दिए।

यद्यपि माझी कार्यालय छिर्दा भने कालो माक्स र कालो सलले मुख छोपेर पुगेकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.