|

डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा आइतबार राति भीषण आगलागी भएको छ। अमरगढी नगरपालिका–५ बागबजारको बगरकोट रोडमा राति साढे १२ बजे आगलागी हुँदा नौ वटा पसल जलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

करिब दुई घण्टापछि अमरगढी नगरपालिकको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको प्रहरीले जनाएको छ।

आइतबार रातिसहित डडेल्धुरामा लगतार चार पटक आगलागी भएको छ। आगो लगाएको आशंकामा एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। पक्राउ परेका व्यक्तिको नाम ठेगाना नखुलाइए पनि आगलागी पीडितका आफन्त रहेको बताइएको छ। उनले आगो लगाएको प्रहरीसँग स्वीकार गरेको प्रहरी नायब उपरीक्षक केसीले बताए। 

गत साता मात्र डडेल्धुरामा लगातार तीन पटक  आगलागी भएको थियो। ती घटनामा करिब ८७ लाख बराबरको क्षतिको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.