|

पोखरा : आइतबार कार्यव्‍यवस्था परामर्श समितिको बैठकपछि गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले राजीव गुरुङ (दीपक मनाङे) लाई शपथग्रहण तत्काल गराउन नसक्ने बताए।  गत पुस ११ गते प्रदेशसभा कार्यालयमा दीपक मनाङेले शपथ खान पाऊँ भनी निवेदन दिएपछि यस विषयमा सभामुखले छलफल थालेका थिए।

सभामुखले शपथ गराउन नमिल्ने बताएपछि सोमबार बिहानै मनाङे पोखरा आइपुगेका थिए। सोमबारदेखि सुरु भएको हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघि नै सभामुख अधिकारीलाई भेट्न पुगेका मनाङेले प्रदेशसभा परिसरमै प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलगायत विभिन्न मन्त्री र सांसदहरुसँग भेटघाट गरे। उनले मुख्यमन्त्रीसँग हातसमेत मिलाए। प्रदेशसभाको क्यान्टिनमा एकैछिन टेबल गफसमेत गरे।

मनाङेले सभामुखलाई किन मैले शपथ खान नमिल्ने भनेर सोधेको समेत बताए।  ‘मैले किन शपथ खान नमिल्ने भनेर सोधेँ,’ उनले भने, ‘कानुनी कुराहरु अध्ययन गर्न समय लागेको हो। विस्तारै हुन्छ भन्नु भएको छ। तर, यसरी समय लाग्ने विषय मैले देखेको छैन। यिनीहरुको कुरा बुझ्न सकिँदैन। मैले सम्झादिएको छु सम्झाउन त।’ मनाङेले (सोमबार) नै मुख्यमन्त्री गुरुङसँग शपथ ग्रहणको विषयमा छलफल गर्ने तयारी गरेका छन्। प्रदेशसभामा मनाङ 'ख' बाट निर्वाचित भए पनि ज्यान मुद्‍दामा जेल चलान भएपछि उनले शपथ खान पाएका थिएनन्।

शपथ नहुने भएपछि मनाङे रिसले चुर, भन्छन् ‘शपथ रोक्नेलाई कानुन नसिकाई भएन’ 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.