समाज

सासु बुहारीबीच कलह हटाउन अन्तरक्रिया
SHARES

पुस २४, २०७५

    जाजरकोट : सासु, बुहारीको बीच हुने द्वन्द्व कम गर्न नलगाड नगरपालिकाले सासुबुहारी अन्तरक्रिया सुरु गरेरको छ। नगरपालिकाले प्रत्येक वडा, गाउँ, टोल पुगेर सासु बुहारीलाई सँगै राखेर अन्तरक्रिया  गर्न थालेको नगरपालिकाको महिला तथा बालबालिकाले बताएको छ।

    गाउँभरिका सासु, बुहारीसँगै राखेर दैनिक अन्तरक्रिया गर्दै आएको नगरप्रमुख टेकबहादुर रावलले बताए। 'सासु बुहारीको द्वन्द्वले नै घरमा अशान्ति र विभिन्न हिंसा हुने भएकाले यसलाई कम गर्न अन्तरक्रिया गरेका हौँ', उनले भने,', घर शान्ति नभइ गाउँ शान्ति हुँदैन।'  

    नगरप्रमुख रावललका अनुसार अहिले प्रत्येक टोलमा गएर सासु  बुहारी र ससुरा समेतलाई सँगै राखेर छलफल गर्ने गरिएको छ। अधिकांशले एकले अर्कालाई नबुझ्दा झगडा हुने गरेको बताएका छन्। समस्या समाधानका लागि मध्यस्तकर्ताको भूमिका खेल्ने अर्को व्यक्ति नहुँदा द्वन्द्व बढ्ने गरेको सहभागीले बताएका छन्। 

    घरमा असमदारी बढ्दा घरका साना, साना बालबालिकामा मानसिक असर पर्ने महिला तथा बालबालिका कार्यालयका प्रमुख शकुन्तला आचार्यले बताइन्। 
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]