|

तनहुँ : नेपाली कांग्रेस केन्द्रीय कार्यालयले विधानविपरीत विशेष अधिवेशन लगायतका पार्टी हितविरोधी कुनै पनि भ्रममा नपर्न कांग्रेस कार्यकर्तालाई आग्रह गरेको छ। 
कांग्रेस केन्द्रीय कार्यालयले मंगलबार नेका तनहुँमा पठाएको पत्रमा पार्टी हितविरोधी कुनै पनि गतिविधिलाई निरुत्साहित पार्नसमेत अनुरोध गरेको छ। 

नेपाली कांग्रेस केन्द्रीय कार्य दलका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा निर्देशनअनुसार जानकारी गराइएको पत्रमा गत स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचनमा तनहुँमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका र त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक बनेकाहरूको हकमा समेत पार्टी विधान २०१७ को धारा ४९ (११) (ख) तथा नियमावली २०६८ को नियम ४१ (१) बमोजिम ५ वर्षका लागि पार्टी सदस्यता सोतह समाप्त हुने भएकोले त्यस्ता उम्मेदवारको सदस्यता स्वत नरहेको स्पष्ट पारिएको छ। 

गोविन्दराज जोशी पक्षधरले आगामी माघ ८ गते गर्ने भनिएको विशेष अधिवेशनलाई अवैधानिक भनि नेका तनहुँले विज्ञप्ति जारी गरेको भोलिपल्टै जोशी पक्षधरले अधिवेशन वैधानिक भएको भन्दै विज्ञप्ति जारी गरेका थिए। यसैवीच कांग्रेस केन्द्रीय कार्य समितिले नै विशेष अधिवेशनको भ्रममा नपर्न आग्रह गर्दै गोविन्दराज जोशीसहित उनका समर्थक र प्रस्तावकको ५ वर्षका लागि पार्टी सदस्यता नरहेको स्पष्ट पारेसँगै वैधानिक र अवैधानिक भन्ने विवाद टुंगिएको बताइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.