|

जनकपुरधाम : कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुई अभियुक्तलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। अवैद्य मदिरा उत्पादन तथा बिक्री वितरणबाट धनुषामा ८ जनाको ज्यान गएको मुद्दामा फरार रहेका दुवै जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ६ मडानका धर्मेन्द्र मण्डल र सोही नगरपालिका ७ जागीरका राजेन्द्रकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। धनुषा प्रहरीले ६ महिनादेखि खोजी गर्दै आएको दुई फरार अभियुक्तलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको प्रहरी उपरीक्षक गोबिन्द थपलियाले जानकारी दिए।

गतअसार १३ गते लोकल मदिरा सेवनबाट धनुषाको कमला नगरपालिकामा स्थानीय गंगा पासवानसहित ७ जनाको मृत्यु भएको मुद्दामा उनीहरूलाई आरोपी बनाइएको छ। मदिरा बेच्ने मण्डल र बनाउने चौधरी विगत ६ महिनादेखि फरार रहेको धनुषा प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। उनले पक्राउ परेकाहरु माथि कर्तव्य ज्यानको मुद्दामा पाँच ५ दिनको म्याद थपेर थप अनुसन्धान अगाडी बढाईएको जानकारी दिए ।

प्रहरी प्रमुख थपलियाका अनुसार दुवै फरार व्यक्ति प्रहरीको मोष्ट वाण्टेड सूचीमा रहेको र बुधबार गाउँ नजिकैबाट दुवै जनालाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको जनाए। उपरीक्षक थपलियाका अनुसार गत बैशाख महिनादेखि अहिले सम्ममा धनुषा जिल्लाभरी १६ वटा मदिरा भठ्ठीहरू नष्ट गरी १० हजार लिटर अवैध मदिरा समेत नष्ट गरिएको जानकारी दिए।

यता अभियुक्तहरूले दुवै जनाले आफूहरू घटना भएको दिनमा गाउँमा नरहेको र कसैले आफूहरूलाई फसाएको षडयन्त्र गरेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.