|

स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना लेभान्टेसँग २–१ ले स्तब्ध भएको छ। बार्सिलोनाले स्टार खेलाडीहरू मेसी र स्वारेजलाई आराम दिएको खेलमा पराजित हुन पुग्यो।

कोपा डेल रे अन्तगत बिहीबार राति भएको खेलमा घरेलु टोली लेभान्टेले  सुरुवाती २० मिनेट भित्रनै दुई गोल गर्‍याे। लेभान्टेको जितमा इरिक कावाको र बोर्जा मायोरलले गोल गरे। पराजित बार्सिलोनाका लागि एकमात्र गोल फिलिप काउन्टीन्होले गरे।

बार्सिलोनाले खेलको चौंथो मिनेटमा इरिक कावाकोको गोलबाट खेलमा अग्रता बनाएको थियो। उनले रुवेन रोचिनाको पासमा गोल गर्दै बार्सिलोनालाई पछि पारे। १८औं मिनेटमा रियल म्याड्रिडबाट लोनमा लेभान्टे पुगेका बोर्जा मायोरलले गोल गर्दे घरेलु पछि घरेलु टोलीले बार्सिलोनाविरुद्ध २–० को अग्रता बनायो। मायोरलले इमान्युयल बोएटिङको पासलाई गोलमा परिणत गरेका थिए।

२ गोलले पछि परेको बार्सिलोनाले घरेलु टोली विरुद्ध खेलमा फर्कन निकै प्रयास गरेपनि गोल निकाल्न असफल भएको थियो। यद्धपि गोल हुन नसकिरहेको बेला बार्सिलोनाले ८५ औं मिनेटमा पेनल्टी पायो जसलाई फिलिप काउटिन्होले गोल गरे। तर काउटिन्होको गोलले बार्सिलोनाको हार टार्न सकेन्। यद्धपि बार्सिलोनाले आफ्नो घरेलु मैदानमा १८ जनवरीमा दोस्रो लेग खेल्दै छ। त्यसैले उसको सेमिफाइनल संभाबना कायमै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.