|

हेटौंडा : प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ज्येष्ठ नागरिकको हरेक समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्।

प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा शुक्रबार हेटौंडामा भएको मानव सेवा आश्रममा आश्रितको निःशुल्क स्वास्थ्य परीक्षण तथा जाडोका लागि आवश्यक सामग्री वितरण गर्दै मुख्यमन्त्रीले प्रदेश सरकारले ज्येष्ठ नागरिकको हकमा विभिन्न व्यवस्था गर्न लागेको बताए। उनले प्रदेश सरकार ज्येष्ठ नागरिकको समस्याप्रति जानकार रहेको र समाधानका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने समेत बताए। उनले मानव सेवा आश्रम हेटौंडाले सडक मानवमुत्तल जिल्ला बनाउनका लागि गरिरहेको कामको प्रशंसा गर्दै आवश्यक सहयोगका लागि प्रदेश सरकार तयार रहेको बताए।

निर्देशनालयले आश्रममा आश्रित ६० वर्षमाथिका ३१ जनालाई एकलाख १७ हजार ५०० रुपैयाँ बराबरको न्यानो कपडालगायत सामग्री तथा दुईलाख ११ हजार १६८ रुपैयाँ बराबरको औषधी उपलब्ध गराएका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.