|
File Photo

काठमाडौं : एकीकरण भएको करिब १६ महिनामै विवेकशील साझा पार्टी फुटेको छ। वैकल्पिक पार्टीका रूपमा हेरिएको विवेकशील साझा पार्टीका संयोजक मध्येका एक उज्वल थापाले शुक्रबार राष्ट्रिय एकता दिवसका दिन आफ्नो नेतृत्वमा निर्वाचन आयोगमा छुट्टै पार्टी दर्ता गराए पछि  विधिवत बिभाजन भएको हो ।

संयोजक थापा दुई सांसदसहित नयाँ दल दर्ता गराउन आएको निर्वाचन आयोगले पुष्टी गरेको छ। नयाँ पार्टीको नाम विवेकशील नेपाल दल प्रस्ताव गरिएको छ। विवेकशील साझाका प्रदेश ३ बाट दुई सांसद विराज भट्ट श्रेष्ठ र पौडेल छन्।

केही दिनअघि मात्रै मूलत रविन्द्र मिश्र नेतृत्वमा देखिदै आएको सो पार्टीभित्र व्यापक सुधार गर्नुपर्ने माग गर्दै अर्का संयोजक थापाले सदस्यहरूलाई १६ बुँदे प्रतिवेदन बाँडेपछि असन्तुष्टि सतहमा आएको थियो। १८ पृष्ठ लामो प्रतिवेदनमा साझा पार्टी गलत बाटो तर्फ गएको संयोजक थापाले निष्कर्ष निकालेका थिए। त्यसलगत्तै, विवेकशील साझा पार्टीमा पहिलेको विवेकशील समूहका नेता कार्यकर्ताको अनुपस्थितिमै सम्पूर्ण विभाग भंग गर्दै केन्द्रीय समिति विस्तार गरिएको थियो। पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा गत मंगलबार बसेको संयोजन समितिको बैठकले दुई जनसंगठन समेत गठन गरेको थियो। 

गत स्थानीय निर्वाचनमा अलग अलग अस्तित्व रहेका र संसदीय निर्वाचनमा संयुक्त भइ निर्वाचनमा भाग लिएका यसका नेताहरुले नेपालमा नमूना राजनीति प्रस्तुत गर्ने दावी गर्दै आएका थिए । विवेकशील साझा मूलत विदेशमा रहेका युवाहरु बीच लोकप्रिय देखिएको थियो । कुनै दर्शन सिद्धान्तमा भन्दा पनि मूलधारमा रहेका दलहरुको बिरोधी जनमतमा आधारित रहदै आएको विवेकशील साझाले देशका मुख्य शहरमा लोकप्रिय युवामत लिन सफल भएको थियो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.