|
प्रतीकात्मक तस्विर

काठमाडौं : ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको भूमि फिर्ता गर्न माग गर्दै हस्ताक्षर सङ्कलन सुरु गरेको छ। 

शुक्रबार सिंहदरबारको पश्चिमढोकास्थित पृथ्वीनारायण शाहको सालिक अगाडिबाट सुरु गरिएको अभियान आगामी चैत मसान्तसम्म जारी रहने तथा मुलुकभित्र र बाहिरका स्थानबाट एक लाखभन्दा बढीको हस्ताक्षर सङ्कलन गरिने छ। 

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सङ्कलित हस्ताक्षर नेपालका राष्ट्रपति, संयुक्त राष्ट्रसङ्घका महासचिव, संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्र चीन, संयुक्त राज्य अमेरिका, रुस, बेलायत र फ्रान्स तथा सार्कका महासचिवलाई बुझाइने जानकारी दिए।

 

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.