|

विराटनगरः मोरङको विराटनगर महानगरपालिका १२ बाट ठुलो परिणामको लागू औषध सहित १ जना पक्राउ परेका छन्।
सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपलिका १५ का ४५ बर्षीय दिप बस्नेतलाई ३ सय ८४ ट्याब्लेट स्पास्मोप्रोक्सिवन र २ बोतल डाईलक्स डिसी सहित पक्राउ गरेको हो।

को ३ प ८७४१ नम्बरको मोटरसाईकलमा सवार बस्नेतलाई रोकी चेकजाँच गर्ने क्रममा बस्नेत मोटरसाईकलको हेल्मेट भित्र लुकाई छिपाई राखेको उक्त परिणामको लागूऔषध बरामद गरिएको हो। लागूऔषध सहित पक्राउ परेका बस्नेतलाई ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.