|

सुर्खेत : नेपाली कांग्रेसका उप-सभापति विमलेन्द्र निधिले नेकपा नेतृत्व सरकारले जनतालाई विकासको अनुभूति हुने काम गर्न नसकेको टिप्पणी गरेका छन्।जनताले दुई तिहाईको बहुमत दिएर पठाउँदा पनि नेकपा सरकार निरीह भएको निधिको आरोप छ।

नेपाली कांग्रेस सुर्खेतद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोन्धन गर्दै उनले केन्द्रदेखि प्रदेश सम्मकै सरकार जनमुखी नभएको बताए। संविधानमा व्यवस्था भए अनुसारको काम गर्न नसक्ने बहुमत प्राप्त सरकार असफलताको बाटोमा हिडिरहेको उनको भनाई छ। सरकार असफलताको दिशामा उन्मुख भएको छ’ नीधिले भने, ‘मैले आलोचना गरेर कार्यकर्तालाई हौसला दिन यो भनेको हाेइन।’

‘जनताले मत दिएर डाडु पुन्यु सुम्पिदा समेत भात दाल पकाउन नसक्ने नेकपा सरकार ट्रायलमै फेल भएको छ’ उनले भने, ‘सरकार असफल हुनु भनेकै कम्युनिष्ट पार्टी नेपालमै असफल र असक्षम हुनु हो।’ संघीय पक्षमा काम गर्न नसक्ने कम्युनिष्ट सरकार राजनीतिक रुपमा असफल सरकार सावित भएको आरोप उनको थियो। तर सरकारले बनाउनुपर्ने कानुन नबनाएको र प्रदेश सरकारलाई समेत अधिकार नदिएकोमा निधिले आक्रोश पाखे।

‘अहिले प्रदेश सरकारले अधिकार नपाएकाले काम गर्न नसकेको भन्दै आएको छ’ नीधिले भने, ‘केन्द्र सरकारले भएका अधिकार पनि आफ्नो मातहतमा ल्याउने रणनीतिमा लागेर जनतामा निराशा बनाइरहेको छ।’ अहिले ६ वटा प्रदेशमा कम्युनिष्टकै सरकार छ नीधिले थपे, ‘त्यो पनि प्रदेश २ ले समेत साथ दिएको छ। आफ्नै पार्टी प्रदेश सरकारलाई अधिकार र कर्तव्य दिएको छैन।’ प्रदेश सरकारलाई अधिकार माग्न लाज लागि रहेको बताएका उनले आफ्नै सरकारले पनि अधिकार नदिँदा के विरोध गर्नु भनेर प्रदेश सरकार मौनतामा रहेको तर्क गरे।

पार्टीभित्रको गुट अन्त्य भएकाले कार्यकर्तालाई संविधानविरोधी र अलोकतान्त्रिक काम गरिरहेको सरकारविरुद्धमा लाग्न निधिले निर्देशन दिए। उनले  थपे, ‘हिजोका दिनमा पार्टीभित्र जुन चरम गुटबन्दी थियो। त्यो अव अन्त्य भइसक्यो। सभापति देउवा र रामचन्द्र पौडेल लगायतका नेता तथा अन्य नेतृत्वमा गुटबन्दी अन्त्य भइसक्यो। अब सदन र सडकबाट एकजुट भएर वर्तमान सरकारका विरुद्ध सम्पूर्ण नेता कार्यकर्ता लाग्नुहोस्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.