|

कञ्चनपुर : दुर्घटना न्यूनीकरणका लागि कञ्चनपुरमा आइतबारदेखि सवारी साधान चालकको आँखा परीक्षण सुरु गरिएको छ। जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले पूर्व–पश्चिम राजमार्गमा सञ्चालन हुने सार्वजनिक सवारी साधानका चालकको आँखा जाँच सुरु गरेको हो। 

आँखा बिशेषज्ञको टोली सडकमै खटाएर चालकको आँखा जाँच सुरु गरेको जिल्ला ट्राफिक कार्यालय कञ्चनपुका प्रहरी निरीक्षक भरत शाहले बताए। उनले भने, ‘चालकको आँखा ठीक भए मात्रै सवारी र साधान सुरक्षित रहन सक्छन्।’ हरेक साता र महिनामा चालकको आँखा जाँच गर्ने कार्य गरिने उनले बताए।

उनका  अनुसार आइतबार मात्रै ७५ जना चालकको आँखा परीक्षण गरिएको छ। परीक्षणका क्रममा चालकको आँखामा जलबिन्दु, मोतिया बिन्दु, मासु पलाएकोलगायतका संक्रमण देखा परेको चिकित्सकहरुले बताएका छन्। समस्या भएका चालकलाई उपचार गराउन सल्लाह दिइएको प्रहरी निरीक्षक शाहले बताए। उनले भने, ‘आँखामा समस्या भएका बेला जुनसुकै समयमा पनि सवारी दुर्घटना निम्तिन सकिने भएकाले सचेत समेत पारेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.