|

मोरङ : विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक (पुस मसान्त) सम्ममा १९ अर्ब ५७ करोड २० लाख राजस्व संकलन गरेको छ।

सो अवधिमा कार्यालयले १९ अर्ब ५६ करोड ४६ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो। गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ८३ करोड ६२ लाख राजश्व संकलन गरेको थियो। गएको वर्षको तुलनामा ४१.५४ प्रतिशत राजश्व संकलन गर्न सफल भएको उक्त कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

चालु आवमा कार्यालयले वार्षिक रु ४२ अर्ब ५३ करोड १९ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालय प्रमुख मिमांश अधिकारीले जानकारी दिए। प्रथम अर्धवार्षिकमा भन्सार महसुल आठ अर्ब १२ करोड एक लाख, मूल्य अधिवृद्धि कर १० अर्ब ३६ करोड २६ लाख र अन्तः शुल्क रु.एक अर्ब आठ करोड ९३ लाख संकलन भएको छ।

कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न भन्सार जाँचमा सहज,मालवस्तुको यथार्थपरक मूल्यांकन तथा वस्तु वर्गीकरण, यात्रु जाँचपासमा कडाई, चोरी-निकासी नियन्त्रण तथा गस्तीलगायतबाट प्राप्त भएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.