|

काठमाडौं : भूकम्प सुरक्षा दिवसको अवसरमा शत्रुमर्दन गुल्म बैतडीले भूकम्प सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम गरेको छ।

दशरथचन्द नगरपालिकाको गोठलापानीमा जिल्ला समन्वयन समिति, जिल्ला प्रशासन कार्यालय र जिल्लाका सम्पूर्ण सुरक्षा निकायका साथै विभिन्न सरकारी र गैरसरकारी नियकायको सहभागितामा उक्त जनचेतना कार्यक्रम गरिएको थियो। कार्यक्रममा ४०० बढीको सहभागिता रहेको थियो।

वि.सं. १९९० माघ २ गतेको महाभूकम्प र त्यसबाट पुगेको जनधनको क्षतिको स्मरण गर्दै बुधबार २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ। भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षाका उपाय अवलम्बन गर्ने उद्देश्यले २०५५ सालदेखि यो दिवस मनाउन थालिएको हो। यो पटक भूकम्प सुरक्षासम्बन्धी कार्यक्रममा स्थानीय तहलाई जिम्मेवार बनाउने उद्देश्यले मनाइँदै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.