|

पर्सा : वीरगन्जको नारायणी रंगशालामा भइरहेको विशाल मेमोरियल फुटवल प्रतियोगितामा काठमाडौंस्थित हिमालयन शेर्पा क्लवले फाइनलको यात्रा पक्का गरेको छ। पुस २८ गतेदेखि वीरगन्जमा जारी विशाल मेमोरियल फाउण्डेशन प्रतियोगिताको बुधबार भएको सेमिफाइनलमा विजयी बन्दै शेर्पाले फाइनल यात्रा पक्का गरेको हो। शेर्पाले वीरगन्ज ११ लाई प्यानल्टी सुटमा ३ काविरुद्ध ४ गोल गरेर कठिन जित निकालेको हो।

वीरगन्ज ११ का जर्सी नम्बर २ का काजिम भुसरीले ५६ औं मिनेटमा गरेको गोल नै खेलको अन्तिम चार मिनेटभन्दा पहिले सम्म निर्णायक जस्तै थियो। तर वीरगन्जको यो अग्रतालाई समय सकिन ४ मिनेट मात्र बाँकी छँदा शेर्पाका खेलाडीले हानेको कर्नर प्रहार वीरगन्जकै खेलाडीको शरीरमा ठोकिएर आफ्नै पोष्टमा छिरेपछि परिस्थितिले फरक मोड लिएको थियो।

स्थानीय दर्शकको वीरगन्जको जीत होस् भन्ने व्यग्र प्रतीक्षा उल्टाउँदै समय सकिन ४ मिनट बाँकी छँदा शेर्पाका खेलाडीका लागि यही गोल नै भाग्योदय जस्तै बन्यो। पूरा ९० मिनटको खेलमा दुवै तर्फबाट १–१ गोल भएपछि फाइनलको लागि पाँच–पाँच जनाले प्यानल्टी सुट हानेर छिनोफाने गर्ने रेफ्रिको निर्यणपछि प्यानल्टिबाट जित निकालेको छ। शेर्पाको हानेको प्यानल्टी सुटमा वीरगन्ज ११ का जर्सी नम्बर १२ र १७ का अर्जुन सिंह र रन्जय चौधरीको सुट शेपाका गोलकिपर किशोर गिरीले रोकिदिए पछि बल्ल शेर्पा क्लव हार व्यहोर्नबाट बची विजयी बनेको हो। शेर्पाले ३ काविरुद्ध ४ गोल गर्‍यो। शेर्पाका भने जर्सी नम्बर १० का विश्वास श्रेष्ठले हानेको गोल मात्र पोल माथिबाट गई बाँकी सबै गोलले जाली चुम्यो। शेर्पाको तर्फबाट जर्सी नम्बर ४, १९, २० र २१ का क्रमशः रवि थापा, विजय श्रेष्ठ, उल्रिच सिवी र पेट्रिक पी गेहाले जाली चुमाएका थिए। वीरगन्ज ११ ले भने टिम क्याप्टेन कृष्ण शाक्य, शिशस थापा, क्रिपाकान्त चौधरीले हानेको गोलले मात्र जाली चुम्यो।

विजेताले नगद ५ लाख ५५ हजार र उपविजेताले २ लाख ७७ हजार नगद पुरस्कार र शिल्ड प्राप्त गर्ने प्रतियोगितामा शेर्पाले बिहीबार हुने झापा ११ र त्रिभुवन आर्मीको विजेतासँग पुस ५ गते शनिबार फाइनल खेल्ने आयोजक विशाल मेमोरियल फाउण्डेशनका अध्यक्ष अनिल प्रसाद कलवारले बताए। यो प्रतियोगितामा नेपाल र भारतका ८ वटा टिम सहभागी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.