|

सोलुखुम्बु : सोताङ गाउपालिका ५ की एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ। सोताङ गाउपालिका ५ की १८ वर्षीया लाफुटी शेर्पाको बुधबार उद्धार गरिएको हो।

सोलु अस्पताल फाप्लुका प्रमुख डाक्टर मिङ्मार छिरिङ शेर्पाको पहलमा मंगलबार २ बजे उद्धार गरिएको अस्पतालकी सूचना अधिकारी सानी शेर्पाले जानकारी दिइन्।

कैलाश हेलीकोप्टरमार्फत् उद्धार गरी सफल शल्यक्रिया गरिएको  अस्पतालका प्रमुख डाक्टर छिरिङ शेर्पाले जानकारी दिए। शेर्पाले बुधबार ३ बजेर ४ मिनेटमा शल्यक्रियामार्फत् ३ केजी ७ ग्रामकी छोरीलाई जन्मदिएको अस्पतालले जनाएको छ।  डाक्टर शेर्पाका अनुसार २ घण्टामा शल्यक्रिया गर्नुपर्ने भए पनि तालिम प्राप्त स्वास्थ्य कर्मीको कारण ११ घण्टा लागेको थियो।

आर्थिक अवस्था कमजोर र जटिल परिस्थीतिमा नेपाल सरकारले नि:शुल्क उद्धार गर्ने व्यवस्थाअनुरूप नै उद्धार गरिएको  डाक्टर शेर्पाले बताए। शल्यक्रियापछि आमा र बच्चाको अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ।

योसँगै दुई महिनाकोअवधिमा सोताङबाट गर्भवती महिलाको हेलिकोप्टरमार्फत् उद्धार गर्नेको संख्या तीन पुगेको छ। अन्य दुई जनालाई घरआगन नामक संस्थाले उद्धार गरि काठमाडौँ लगेको थियो।

जिल्लाको पूर्वक्षेत्रमा रहेको यस गाउँपालिका सदरमुकामदेखि करिब १० कोष टाढा पर्छ। यहाँ प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिएस डाक्टर भए पनि श्रोत साधानको अभावले गर्दा जटिल अवस्थाको गर्भवती महिलालाई बाहिर लैजानुपर्ने बाध्यता छ। पछिल्लो समय नेपाल सरकारले आर्थिक अवस्था कम्जोर र जटिल अवस्थाको गर्भवती महिलालाई निःशुल्क उद्धार गर्ने नीतिको कारण भने यहाँका स्थानीयलाई केही राहत मिलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.