|

बाजुरा:  बाजुराको बाटो हुँदै काटिकोट लैजाँदै गरेको १ सय पेटी (पुण्टे सौफी) मदिरासहित व्यापारिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी प्रमुख उद्धवसिंह भाटको नेतृत्वमा खटिएको टोलीले बुढीगंगा नगरपालिकाको वडा नं. ८ रिठाबजारमा सय दर्जन अवैध मदिरा (पुण्टे सौफी) सहित व्यापारी लोकेश फडेरालाई नियन्त्रणमा लिएको हो। कालिकोटका ३३ वर्षीया लोकेश फडेरा हाल बुढीगंगा नगरपालिकाको रिठा बजारमा व्यापार व्यवसाय संचालन गर्दै आएका छन्।

फडेराले धनगढी र बर्दियाका विभिन्न पसलबाट लाखौँ रकम बराबरको अवैध मदिरा (पुण्टे सौंफी ) खरिद गरेर बाजुरा हुँदै कालिकोट लैजान लागेका थिए।   बुढीगंगा नगरपालिका ८ वडा महिला संजालका महिलाहरुले प्रहरीलार्ई सो अबैध मदिरा बारे गोप्य जानकारी गरेपछि प्रहरीको टोलीले उक्त मदिरा र व्यापारीलाई नियन्त्रणमा लिएको हो। धनगढी र बर्दियाबाट ल्याइएको अवैध मदिरा सय दर्जन (पुण्टे सौँफी) सहित व्यापारीलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा राखिएको बाजुरा प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिएका छन्। सरकारले सो मदिरा उत्पादन तथा बिक्री वितरण गर्न पूर्णरूपमा बन्देज गरेको छ। तर, व्यापारीहरूले भने लुकीचोरी मदिरा बिक्री वितरण गरिरहेका छन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.