|
File Photo

काठमाडौं : सरकारले रेल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ।

मन्त्रिपरिषद्को पुस २९ गते बसेको बैठकले रेल खरिद प्रक्रिया अगाडि बढाउन भौतिक योजना तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको सूचना तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भारतबाट रेल खरिद गर्नका लागि प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिएका हुन्।

चैत्र १५ र १६ मा काठमाडौंमा लगानी सम्मेलन

त्यस्तै, चैत १५ र १६ गते काठमाडौंमा नेपाल सरकारले लगानी सम्मेलन गर्ने भएको छ। प्रत्यक्ष वैदेशिक लगानी ल्याउने उद्देश्यले लगानी सम्मेलन गर्न लागिएको मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी दिए। यो सम्मेलन पहिलेको भन्दा पृथक रहेको बाँस्कोटाको भनाइ छ। राजनीतिक स्थिरता रहेको र विकासको नयाँ सपना लिएको सरकार आएकाले लगानी सम्मेलन पृथक हुने उनको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.