|
File Photo

काठमाडौं : पूर्वप्रधानमन्त्रीहरू एवं कांग्रेसका पूर्वसभापतिहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताल खारेज गर्न लागिएको भन्ने प्रतिपक्षी दल नेपाली कांग्रेसको भनाइको सरकारले प्रतिवाद गरेको छ।

सूचना संचार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कांग्रेस नेताका नामका अस्पताल खारेजीको कुरा उठाएर कांग्रेसलाई मनको बाघले खाएको पुष्टि भएको दाबी गरे। 'मनको बाघले कति खान्छ? वनमा त बाघ छैन। नेपालको राजनीतिक इतिहास र प्रजातान्त्रिक आन्दोलनमा अहं भूमिका निभाउने नेताको नाम मेटाउने कल्पनासम्म गर्न सकिदैन', मन्त्री बाँस्कोटाले थपे, 'कुनै पनि नेताको नाम मेटाउने सरकारको डिक्सनरीमा छैन। कसैको ग्रन्थी र व्यक्तिगत मनस्थितिमा समस्या छ भने हामी केही गर्न सक्दैनौं।'

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पत्रकार सम्मेलन गरेर गिरिजा र सुशीलकोइरालाका नाममा तनहुँ र बाँकेमा खोलिएका अस्पताल मन्त्रिपरिषदले खारेजी प्रक्रियामा लगेको आरोप लगाएका थिए। कांग्रेसले उक्त निर्णय नसच्चिए सदन र सडकबाट सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.