|

काठमाडौं : चिकित्सा क्षेत्र सुधारको माग राख्दै इलाम पुगेर १६औँ पटक अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि कठमाडौं ल्याउने तयारी भएको बताइएको छ।

इलाममै रहेका केसीका भतिज किशोर केसीका अनुसार उनलाई आजै काठमाडौं ल्याइनेछ। उनलाई अहिले इलामबाट एम्बुलेन्समा भद्रपुर ल्याइँदै गरेको र भद्रपुरबाट नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइने बताइएको छ। उनको स्वास्थ्यमा समस्या देखिएपछि उनका सहयोगी चिकित्सकहरूको टोली केही दिनअघि इलाम पुगेको थियो।

नौ दिनदेखि १६औँ पटक आमरण अनशन बसिरहेका केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकको टोली आजै इलाम गएको थियो। उनलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने सुझाव टोलीले दिएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.