|

काठमाडौं : नेपाली महिला क्रिकेट टोली थाइल्याण्डमा जारी टि ट्वेन्टी स्म्यास क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। 

शुक्रबार बिहान सम्पन्न खेलमा इण्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। नेपालले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको इण्डोनेसिया २७ रनमा समेटियो। टस हारेर पलिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर ११९ रन बनाएको थियो। नेपालका लागि सर्वाधिक ४८ रन सीता रानामगरले बनाएकी थिइन्। त्यस्तै इन्दु बर्माले नटआउट ३७ रनको योगदान गरिन्। 

जवाफि व्याटिङ गरेको इन्डोनेसियाले ११ औं ओभरमा सबै विकेट गुमाउँदै २७ रनमै समेटिएको थियो। इन्डोनेसियाकी युलिया एरिङ्गेनीको १३ रन बाहेक अन्य कुनै व्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। पाँच खेलाडी भने शुन्यमा आउट भएका थिए। 

सन् २००७ देखि अन्तर्राष्ट्रि सहभागिता जनाएको नेपाल १२ वर्षपछि सिनियर महिला क्रिकेटको फाइनलमा पुगेको हो। यसअघि नेपाली महिला टिमले १९ वर्ष मुनीको प्रतिस्पर्धामा तीन पटक उपाधि जित्दै ह्रयाट्रिक गरेपनि सिनियर तहमा भने सेमिफाइनलमा भन्दा अगाडी बढ्न सकेको थिएन 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.