|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याण्डलक्ड स्थितिमा रहेको नेपाललाई अब ल्याण्डलिंक्ड भन्न प्रस्ताव गरेका छन्। नेपाल सरकारले अगाडि बढाएको विकासका विविध पक्षहरूको शुक्रबार संसदमा जवाफ दिँदै प्रधानमन्त्रीले त्यस्तो बताए।

सांसद सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्री ओली नेतृत्वको सरकार बनेपछि ल्याएका योजना र विकासका कामहरू कसरी अगाडि बढेका छन् भन्ने प्रश्नबारे जवाफ दिँदै उनले ल्याण्डलक्डको स्थितिलाई अब अनलक्ड भन्न प्रस्ताव गरे। कतिपयले यसलाई ल्याण्डलिङ्क्ड किन भनियो ल्याण्डलक्ड हो नि भनेरसमेत छलफल गरेको भन्दै उनले अब लक खुलिसकेको बताए। 'दक्षिणतिरबाट पनि लक खुल्यो उत्तरतर्फबाट पनि लक खुल्यो। अब ल्याण्ड कनेक्टेड भन्ने कि त! लिंक्ड नभन्ने हो भने। अब लक्ड छैन हिजो थियो अहिले खुलिसक्यो', प्रधानमन्त्री ओलीले भने।

मूलुक ठूलो परिवर्तनपछि ऐतिहासिक रुपान्तरण नेपाली समाजमा भएको भन्दै प्रधानमन्त्रीले असाधारण सफलता हासिल गरेको बताए। नेपाली जनताले आफ्नै हातले संविधानसभाबाट संविधान बनाएको भन्दै उनले संविधानले वास्तवमै जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको बताए।

चुनाव सम्पन्न भएर सरकारको स्थायीत्वका साथ विकासको मार्गमा अगाडि बढेको भन्दै प्रधानमन्त्रीले तिब्रताका साथ देश विकासको दिशामा अगाडी बढेको बताए। विकासका निम्ति आवश्यक जनशक्ति सबैका क्षेत्रमा अगाडी बढाएको भन्दै उनले आर्थिक हिसाबले केही सूचक पुरा गरेर मात्र अगाडी जान नसकिने बताए।

पछौटेपनका सम्पूर्ण पक्षलाई विदा गरेर जानुपर्ने भन्दै उनले लिष्ट डेभलप्ड एकठाउँमा मात्रै गरेर अन्त्य नहुने बताए।

अब मुलुक पानी, नदीको बाटोबाट अगाडी बढ्न गइरहेको भन्दै उनले केही समयपछि नेपालले समुन्द्री बाटो प्रयोग गर्न लागेको बताए। यसबारे भर्खरै दिल्लीमा वार्ता गरेको र अब छिट्टै पोखरामा वार्ता हुने उनले बताए।

पूर्व पश्चिम रेल सञ्चालनको स्रोत सुनिश्चित भइरहेको भन्दै उनले यसबारे कँही वार्ता चलिहरको छ, विश्व बैंक, एडिवीसँग मित्र राष्ट्र, दाताहरूसँग छलफल भइरहेको बताए।  उनले सर्भे, लागत स्टिमेट लगायतका काम भइरहेको बताए।

विरजंग-काठमाडौं रेलमार्ग सरकारले ल्याउन लागेको भन्दै उनले यससम्बन्धमा भारत सरकारसँगको वार्ता निकै अगाडि बढेको प्रधानमन्त्रीले बताए। चीनतर्फबाट रेल सिगात्सेसँग आइसकेको भन्दै उनले काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको काम अगाडी बढ्ने बताए।

यी कुराहरू त्यतिकै नभनिएको भन्दै प्रधानमन्त्रीले अब विकासका कामलाई मूर्त रूपले अगाडी बढाउने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.