|

मनाङ : मनाङ जिल्ला बाह्रै महिना चिसो छ। अझ जाडोको सिजन त झनै कष्टकर  हुन्छ। हिमपात र अत्यधिक चिसोले गर्दा जनजीवन कष्टकर  बनेको बेला चामे गाउँपालिकामा रहेको तातोपानी कुण्डले  राहत दिएको छ।

जाडो छल्नका लागि अधिकांस मनाङेहरू जिल्ला बाहिर गए पनि सरकारी कर्मचारी र जिल्ला नछोडेका स्थानीयका लागि उक्त तातोपानी कुण्ड जाडोको साथी बनेको छ। हिमपातले डाँडाकाँड सेताम्मै भइ खोला  तथा पानीका मुहान जम्दा पनि कुण्डले स्थानीय र पर्यटकलाई  राहत पुराएको हो।

मर्स्याङ्दी नदीको किनारमा रहेको यस तातोपानी कुण्ड चामे गाउँपालिकाको सहयोमा निर्माण गरेता पनि बर्खाको समयमा बाढीबाट  प्रभावित हुने गरेको छ। माथिको अग्लो भीर र नदीको कटानले जोखिममा रहेको यस कुण्डलाई समरक्षणको आवश्यकता रहेको स्थानीय बुधमाया  घलेले बताउँछिन्।

उक्त तातोपानी कुण्डले स्थानीय, कर्माचारी, र स्वदेशी तथा विदेशी  पर्यटक लाभान्दित भएका छन्। यस कुण्डलाई अझै व्यवस्थापनमा जोड दिँदै देश तथा विदेशमा प्रचारप्रसार गर्नुपर्ने बताउँछन् प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटा। धेरै मानिसहरूको प्रयोगले फोहोर मैला बढ्दै जाने र फोहोर मैला व्यवस्थापनमा जोड दिन सके अझ राम्रो हुने उनको भनाइ छ। त्यस्तै पहराको मुनि रहेको यस कुण्ड जोखिमपूर्ण रहेको छ माथिबाट ढुंगा खस्ने र तल नदीको कटानले कुण्डको संरक्षणका साथै ट्रस्टको आवश्यकता रहेको स्थानीय तथा यहाँ आउने पर्यटकको भनाइ  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.