|
File Photo

जनकपुरधाम : सर्लाही र पर्साबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। सर्लाहीको मलंगवा नगरपालिका ४ स्थित अस्थाई प्रहरी पोष्ट पेट्रोल पम्प सर्लाहीबाट खटिएको प्रहरी टोलीले पैदल यात्रीलाई चेकजाँचको क्रममा लागुऔषधसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा नगरपालिका १८ बस्ने १८ वर्षीय सनम लामा रहेको प्रहरीले जनाएको छ। लामामाथि शंकाको आधारमा चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध (११४ थान) नाईट्रोभेट टयाब्लेट फेला पारी लागुऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी सर्लाही सदरमुकाम मलंगवाबाट नवलपुर जाँदै गरेको बिआर ३० एस ३१८५ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा २ सय ८८ थान लागुऔषध स्पास्मोसहित पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भारतको सोनबरसा बस्ने राजेशकुमार महतो रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

त्यसैगरी पर्सा जिल्लाको राष्ट्रिय निकुञ्जभित्र पर्ने धोडेमसानस्थित नेपाली सेना र निकुञ्जको कर्मचारीद्वारा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्लाको कालिका गाउँपालिका २ बस्ने १८ वर्षीय महेश योञ्जन रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका योञ्जनको साथबाट १३१ किलो गाँजा र १ किलो चरेश बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय पर्सा पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.