|

तनहुँ : सरकारले तनहुँमा सञ्चालित गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज गर्ने तयारी गरेको भन्दै विरोधस्वरूप प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आइतबार तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मामार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको हो। ज्ञापनपत्रमा केन्द्र शुक्लागण्डकी नगरपालिकाको गौरवको रूपमा रहेको र समग्र शुक्लागण्डकीको विकासको लागि महत्वपूर्ण आधारशिला रहेको दावी गरिएको छ।

अस्पतालको लागि आवश्यक जग्गाको व्यवस्थापन र अन्य पूर्वाधारहरु निर्माणको क्रममा रहेको अवस्थामा यस अस्पताललाई केन्द्र सरकार मातहतमा सञ्चालन नगरी विघटन गर्ने भन्ने निर्णय सार्वजानिक गरिएको ज्ञापनपत्रमा जनाइएको छ। यस विषयमा नेपाली कांग्रेस शुक्लागण्डकी कार्य समिति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोईरालाको घोर अपमान तथा शुक्लागण्डकी नगरवासीको विकासको सपनामाथि निर्मम कुठाराघात र धोका हो भन्ने ठहर गरिएको जनाउँदै यस्तो निर्णयको घोर विरोध र भत्सर्ना गर्दछ भनि ज्ञापनपत्रमा जनाइएको छ।

‘श्वासप्रश्वास केन्द्रलाई केन्द्रीय अस्पतालको रुपमा सञ्चालनका लागि निरन्तरता दिन, यस अस्पताललाई स्तरीय श्वासप्रश्वास अनुसन्धान केन्द्रको रुपमा समेत विस्तार गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ’ भनिएको छ। केन्द्रलाई उत्कृष्ट राष्ट्रिय अस्पतालका रुपमा विकास गर्न नगर कार्य समितिका सभापति माधव भट्टराईद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आग्रह गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.