|

काठमाडौं : संघीय संसद सुरु भएको १० महिनाको अवधिमा ४६ जना सांसदले उपचार बापत सचिवालयबाट सात लाख ८० हजार रुपैयाँ बुझेका छन्। सचिवालयले एउटै सांसदलाई दुई लाख ३३ हजार रुपैयाँसम्म उपचार खर्च दिएको पाइएको छ भने सबैभन्दा कम एक हजार ६५० रुपैयाँको बिल भुक्तानी सचिवालयबाट भएको छ।

सांसदहरुमध्ये धेरैजसो ब्लडप्रेसर र सुगरका बिरामी भेटिएका छन्। संघीय संसद सचिवलायस्थित स्वास्थ्य सेवासम्बन्धी शाखामा पुग्ने सांसदमध्ये अधिकांश प्रेसर, सुगरदेखि महिला सांसदमध्ये धेरै गाइनेको समस्या लिएर पुग्ने गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ।

सचिवालयमा कार्यरत डा. एई अन्सारीले मुटु किड्नीको उपचारलगायतका जटिल उपचार तथा अप्रेसनका लागि आफूहरुले सरकारी अस्पतालमा उपचार गराउन सिफारिस गर्नेर सांसादहरुले उपचारबापतको बिल पेस गर्दा रकम भुक्तानी गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.