|

यूएईविरुद्ध उसकै घरेलु मैदानमा हुने एकदिवसीय र टी–२० सिरिजका लागि नेपालले राष्ट्रिय टिम घोषणा गरेको छ। नेपालले आइतबार पारस खड्काको कप्तानीमा तीन वैकल्पिक खेलाडीसहित १६ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो।

कप्तान पारस खड्का समिलित छनोट समितिले अन्तिम १६ सदस्यीय टिमको टुंगो लगाएको हो। ईसीसीका प्रतिनिधि इमिनुल इस्लाम र मुख्य प्रशिक्षक जगत टमटा समिलित तीन सदसीय टीमले नेपाली क्रिकेट टिमको छनोट गर्दै आएको छ।

नेपालले  प्रारम्भिक चरणमा छनोटमा २० खेलाडीबाट १६ खेलाडी छनोट गरेको हो। यूएईसँगको खेलका लागि चार युवा खेलाडीले सिनियर टिममा स्थान बनाएका छन्। अविनाश बोहरा, भीम सार्की, पवन सर्राफ र सन्दीप जोराले सिनियर टिममा स्थान बनाउन सफल भए।

नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर भने टिममा परेका छैनन् । विरामी भएपछि शरदले नाम फिर्ता लिएका हुन्। उनलाई ठिक हुन अझै ३–४ साता लाग्ने जनाइएको छ। यस्तै नियमित सदस्य ललित भण्डारी, विक्रम सोब र सुशन भारी वैकल्पिक खेलाडीको रूपमा रहनेछन्।

नेपाली टोली मंगलबार यूएई प्रस्थान गर्दैछ। नेपालले युएईसँग तीन खेलको एकदिवसीय र तीन खेलको टी–२० सिरिज खेल्दैछ। नेपालले माघ ११ देखि २० सम्म युएईको भ्रमण गर्नेछ। नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय सिरिज खेल्नेछ भने १७, १८ र २० माघमा टी–० सिरिज खेल्नेछ।

यूएईविरुद्धको सिरिज नेपालको लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ। आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसँग पहिलो एकदिवसीय सिरिज खेलेको थियो। यसअघि पनि यूएईविरुद्ध एकदिवसीय खेल खेलिसकेको छ। नेपालले जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो। यूएईले पनि विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो।

यस्तो छ नेपाली टीम

पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
अविनाश बोहरा 
वसन्त रेग्मी 
भीम सार्की 
बिनोद भण्डारी 
दिपेन्द्रसिंह ऐरी
करण केसी 
ललितनारायण राजवंशी 
आरिफ शेख 
पवन सर्राफ 
प्रदीप ऐरी 
रोहितकुमार पौडेल 
सन्दीप लामिछाने 
सोमपाल कामी
सन्दीप जोरा

वैकल्पिक खेलाडी

सुशन भारी 
ललित भण्डारी 
विक्रम सोब 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.