|
सहसचिव पाण्डेको फेसबुक प्रोफाइलबाट

काठमाडौं : खानेपानी मन्त्रालयमा कार्यरत एक सहसचिवले ‘आफूले घुस नखाने भएकाले जिम्मेवारी नदिएको’ भन्दै खानेपानीमन्त्री बीना मगर र सचिव गजेन्द्र ठाकुरलाई गम्भीर आरोप लगाएका छन्।

खानेपानी मन्त्रालयका सहसचिव राजनराज पाण्डेले कार्यसम्पादन मूल्यांकन फाराममा लेखेका छन्, ‘माननीय मन्त्रीज्यू र श्रीमान् सचिवज्यूबाट म घुस नखाने कर्मचारीलाई कुनै पनि जिम्मेवारी नदिएको हुँदा कुनै पनि काम गर्न नपाएको।’

इन्जिनियरिङ सेवाका सहसचिव पाण्डेले आफूलाई विगत महिनौदेखि जिम्मेवारी विहीन बनाइएको थाहाखबरलाई बताए। उनले मन्त्रालयमा कूल १७ सहसचिव रहेको र त्ययसमध्ये आफूले मात्र जिम्मेवारी नपाएको बताए। भाद्र २१ गतेयता आफूले काम नपाएको उनको दाबी छ। उनले भने, ‘एक पटक मेलम्ची पठाउने कुरा भएको थियो। मन्त्रीज्यूलाई मेरै साथीले प्याच्च ‘राजनसँग खाने ख्वाउने कुरो त हुँदैन’ भनेपछि उहाँ बिच्किनुभयो।’

पाण्डेले मन्त्री र सचिवसँग बारम्बार काम दिनुस् भनेर आग्रह गरे पनि आफूले जिम्मेवारी नपाएको बताए। उनले आफूले कुनै गल्ती नगरेको पनि दाबी गरे। उनले भने, ‘म त अख्तियारलाई चुनौती दिने मान्छे हुँ, कुनै गल्ती काम गरेको भए झुन्ड्याइदेउ भनेको छुँ।’

यो विषयमा मन्त्रालयका सचिवसँग बुझ्न खोज्दा सम्भव भएन।

पाण्डेले भरेको कासमू फारामः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.