|
फाइल तस्बिर

कैलाली : गोदावरी नगरपालिकाको ओलानी क्षेत्रका शङ्कर नेपाली (दमाई) को घरमा वैवाहिक कार्यक्रम थियो। त्यही क्रममा पानी अभाव भएपछि शंकरले नजिकैको इनारबाट पानी भर्न खोजे। तर तल्लो जातिले आफ्नो इनार छोएको भन्दै विश्वकर्मा थरका केही व्यक्तिले हातपात गरे। ओलानी क्षेत्रमा पर्ने १०, ११ र १२ वडाको कुनै न कुनै टोल बस्तीमा अर्को जातिले कुवाबाट पानी झिकेको विषयमा दिनहुँ झगडा भइरहन्छन्।

यी तीन वडामा सुदूरका पहाडी जिल्लाबाट बसाइँसराइ गरी आएकामध्ये दलित समुदायको बाहुल्यता छ। ‘गैर दलित र दलितबीच त विभेद छँदैछ, दलितदलितबीचको जातीय विभेदको खाडलसमेत पुर्न सकिएको छैन,’ वडा ११ का अध्यक्ष शिबहादुर विक भन्छन्। उनकाअनुसार ११ नम्बर वडाको बांगेसाल बस्तीमा दलित परिवारका डेढ दर्जन घरधुरी छन्। यो बस्तीका बिक र दमाई जातिले खानेपानीका लागि फरकफरक कुवाको प्रयोग गर्छन्। दमाईले विकको इनार र विकले दमाईको इनारमा पानी भर्दैनन्। विकले आफूलाई दमाईभन्दा माथिल्लो जातिको ठान्छन् र उनीहरूलाई आफ्नो इनार प्रयोग गर्न नदिने गरेको समाचार कान्तिपुर दैनिकमा छ।

दलितभित्रकै बिक, सुनार, कामी थर भएकाहरूले दमाई, आउँजी, ढोली, नेपाली, सार्कीलाई अछुत मान्ने संस्कार छ। दलितभित्रै सुनार, कामी र विकको अन्य जातिका दलितसँग बिहेवारि चल्दैन। एउटै गाउँको भोजभतेरमा सहभागिता हुँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.