|

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह मध्य र पूर्वी नेपालमा रहेका आफ्ना समर्थकलाई भेट्न सिमरा र झापा जाने भएका छन्। करिब एक महिना लामो बसाइका लागि पूर्वराजा सिमरा र झापाको दमक जान लागेका हुन्।

नेपाल समाचारपत्र दैनिकका अनुसारमाघ १३ गते पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड सशस्त्रका डीएसपी शिव राउत सहित पूर्वराजा ज्ञानेन्द्र सिमरा जाने कार्यक्रम तय भएको छ। सिमरा स्थित प्रभुशमशेर राणाको निवासमा बस्ने कार्यक्रम रहेको छ। उनले सिमराबाट पूर्वी तराईको भ्रमण गर्नेछन्।

पुर्व राजाको सुरक्षा सहितको सवारी साधान माघ ११ गते सिमरा पुग्ने भएको छ। निजी सवारी चालक सुदन थापा र सुरक्षाकर्मी सहितको टोलीले ज्ञानेन्द्रको भ्रमणको सम्पुर्ण सुरक्षा व्यवस्थाको प्रबन्ध गर्ने भएको छ। पूर्व राजाको साथमा निजी सहयोगी भान्छेसमेत सिमरा पुग्ने भएका छन्। करिब दुई साता सिमरा बसाई पछि ज्ञानेन्द्र परिवार सडक मार्गबाट दमक जाने कार्यक्रम तय भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.