|

काठमाडौं : संविधान संसोधनमा सहमति जुटाउन प्रमुख दलहरुबीच सोमबार छलफल हुने भएको छ। 

बेलुकी पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा प्रमुख तीन दलका शीर्ष नेताहरु सहभागी हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। सरकार गठन हुँदा गरिएको सहमति अनुसार संविधान संसोधन हुनुपर्ने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई लगातार दबाब दिइरहेको छ। 

सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस संविधान संसोधनका लागि तयार रहे पनि प्रतिपक्षी नेकपा एमालेले औचित्य प्रष्ट्याउनुपर्ने भन्दै संसोधन आवश्यक नभएको अडान राख्दै आएको छ। 

संविधान संसोधन प्रस्ताव संसदबाट पारित गर्न दुई तिहाई मत चाहिने र त्यसका लागि नेकपा एमालेको सहयोग आवश्यक भएकाले सोमबारको बैठकमा सत्तारुढ कांग्रेस-माओवादी एमालेलाई मनाउने प्रयासमा थिए। मधेशी मोर्चाले सरकारलाई संविधान संसोधन प्रस्ताव दर्ता गर्न मंसिर १५ गतेसम्मको अल्टिमेटम दिएपछि दलहरु निर्णायक छलफलमा जुट्न लागेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.