|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच सोमबार पार्टी एकताको घोषणा हुँदैछ। 

घोषणासभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दिउँसो १ बजे हुने राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए। एकतापछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)) रहनेछ र पार्टीको झण्डा राप्रपा नेपालले प्रयोग गरेको झण्डा कायम रहनेछ।  

अध्यक्ष तथा संसदीय दलको नेतामा कमल थापा र राष्ट्रिय अध्यक्षमा पशुपतिशम्शेर राणा हुने गरी दुईपक्षबीच सहमति भइसकेको छ। यसअघि पनि गत साउन २५ गते दुई पार्टीबीच एकता गर्ने तयारी गरिएपछि अन्तिम समयमा आएर राप्रपा सरकारमा गएपछि रोकिएको थियो। 

गत मंगलबार बसेको राप्रपा र राप्रपा नेपालको संयुक्त पदाधिकारी बैठकले पार्टी एकताको सहमति गर्दै माघभित्र महाधिवेशन गर्ने निर्णय गरेको छ। संसदमा राप्रपा नेपालका २५ र राप्रपाका १३ सांसद छन्। दुवै पार्टीबीच हिन्दु राष्ट्रमा नीतिगत सहमति बनेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.