|
File Photo

काठमाडौं । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गर्ने तयारी गरेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरोध गरेको छ। मंगलबारको एउटामात्रै कार्यसूची रहेको चिकित्सा शिक्षा विधेयकमा अनशनरत डा. गोविन्द केसीसँग भएका सहमतिअनुसार पारित गर्नु पर्ने माग राख्दै सदनमा अवरोध गरेको हो।

चिकित्सा शिक्षा विधेयकमा परिमार्जनको माग गर्दै कांग्रेसले सोमबार पनि अवरोध गरेको थियो। कांग्रेसले डा. केसीसँग भएका पूर्वसम्झौताविपरीत विधेयक पारित गर्न खोजेको आरोप लगाएको छ। त्यस्तै कांग्रेसले स्व. गिरिजा प्रसाद कोइराला र स्व. सुशील कोइरालाका नाममा खोल्न लागिएका अस्पताल खारेज गर्ने लागेको विषयलाई लिएर पनि सदन अवरुद्ध पार्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.