|
File Photo

काठमाडौं : कांग्रेसले सदन अवरुद्ध गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गर्ने तयारी गरेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनशनरत डा. गोविन्द केसीसँग भएका पूर्वसहमतिअनुसार विधेयक पारित गर्नुपर्ने माग राख्दै सदन अवरोध गरेको छ।

मंगलबारको एउटामात्रै कार्यसूची चिकित्सा शिक्षा विधेयक रहेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले 'राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरियो' भनी प्रस्ताव गर्ने कार्यक्रम रहेको थियो।

कांग्रेसले डा केसीसँग भएका पूर्वसम्झौता विपरीत विधेयक पारित गर्न खोजेको आरोप लगाएको छ। त्यस्तै स्व. गिरिजा प्रसाद कोइराला र स्व. सुशील कोइरालाका नाममा खोल्न लागिएका अस्पताल खारेज गर्ने लागेको विषयलाई लिएर पनि सदन अवरुद्ध पारेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.